टिप्परको ठक्करबाट एकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २२, २०८१
|
|
५८ पटक हेरिएको
Shares
टिप्परको ठक्करबाट एकको मृत्यु

सारांश

  • सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
  • शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका –७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो ।
  • घुस्कीबाट हरिनगरा बजारतर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गइरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उराँवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रह्मदेव मेहताले जानकारी दिनुभयो ।

२२ मंसिर, इनरुवा, । सुनसरीको हरिनगर गाउँपालिका –४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट देवानगञ्ज गाउँपालिका –७ का ४५ वर्षिय झल्लु उराँवको घटनास्थलमै मृत्यु भएको हो ।

घुस्कीबाट हरिनगरा बजारतर्फ सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गइरहेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करबाट उराँवको घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शी ब्रह्मदेव मेहताले जानकारी दिनुभयो ।  स्थानीय प्रत्यक्षदर्शीका अनुसार टिप्पर चालकले उराँवलाई ठक्कर दिएपछि पुनः पछाडि घुमाएर किचेर मारेको आरोप लगाएका छन् । घटनापछि हरिनगरा बजारक्षेत्र तनावग्रस्त बनेपछि प्रहरीको सक्रियतामा पीडितपक्षलाई सम्झाइबुझाई गर्ने काम भएको र बाटो खुलाउने काम भएको प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जनाकारी दिनुभयो ।

आक्रोशित स्थानीयको भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको समेत उहाँले जानकारी दिनुभयो । प्रहरीले बार्ताको माध्यमबाट समस्या समाधानको प्रयास गरेको जानकारी दिएको छ । प्रहरीले दिएको जानकारीअनुसार घटनामा संलग्न टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ घटना
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
प्रधानमन्त्रीलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा युट्युबर पक्राउ
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
सहकारी ठगी आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
मकवानपुरमा यात्रुवहाक बस दुर्घटना, २२ जना घाइते
अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो
अध्यक्ष साम्पाङ भन्छन् : कोठे बैठकमा हामी जाँदैनौँ, संसद् बोलाउनुपर्यो
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का
२४ घण्टाभित्र बझाङमा १२ वटा भूकम्पको धक्का
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...