सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २०, २०८१
|
|
२७ पटक हेरिएको
Shares
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज मटकोर

सारांश

  • सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ ।
  • आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ ।
  • बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ ।

२० मंसिर, जनकपुरधाम ।

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ । बाजागाजा सहित भव्य रुपमा गंगासागरमा जानकीको मटकोर मिथिलाको परम्परा अनुसार गर्ने चलन छ । गंगासागरमा नित्यदिन साँझ हुने गंगा महा आरती आज मटकोरको उपलक्ष्यमा दिउँसै हुने छ ।

मटकोरमा राम र सीताको प्रतिकात्मक रुप बनाइएका बालबालिकालाई मटकोरको विध गर्ने गरिन्छ । त्यहाँ उपस्थित संयौ नरनारीले मटकोर गीत गाउने गर्छन् । मटकोटर सकिएपछि भोली शुक्रबार जनकपुरमा भगवान राम र जानकीको डोला फेर गरी सोयम्बर गरी विवाहको काज हुने छ । मंसिर १६ गतेबाट विधिवत सुरु भएको सीताराम विवाहपञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव सम्पन्न भइसकेको छ ।

आज पाँचौदिन मटकोर भएपछि भोली छैठो दिन विवाहपञ्चमी र शनिबार अयोध्याबाट जन्ती आएका साधुशन्तको बिदाई अर्थात् राम कलेवा गरी विवाहपञ्चमी महोत्सव विधिवत सम्पन्न हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
जसपा नेपालद्वारा आन्दोलनको कार्यक्रम घोषणा
ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए शपथ
मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ९७ करोड लगानी गर्दै राष्ट्र बैंक
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछ : वर्षमान पुन
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
अर्थमन्त्री पौडेल र विश्व बैंक उपाध्यक्ष राइजरबीच भेटवार्ता
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज
बैंकहरूले सहकारीका सम्पत्ति लिलाम गर्दा बचतकर्ताको हात पर्न छैन सहज