ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १६, २०८१
|
|
२९ पटक हेरिएको
Shares
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी

सारांश

  • धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर सोनु कुमार साहले मुद्दा फर्छौटलाई तिब्रता दिन थालेपछि आम नागरिक सुरक्षाको अनुभूति गर्न थालेका छन् ।
  • ईलाका क्षेत्रभित्र हुने अपराधिक क्रियाकलापको आँकडा समेत न्यून गर्न सफल भएका ईन्सपेक्टर साहले आम नागरिकबाट ईलाका प्रहरीमा आउने निवेदन, मुद्दाहरुलाई ९० प्रतिशतको औसतमा फर्छयौट गर्न सफल भएका छन् ।
  • अदालती फैसला मुद्दाहरुलाई कार्यन्वन गर्न धनुषामा अगाडी भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्सपेक्टर साहले ईन्चार्ज सम्हालेपछि ४५ जना फरार अभियुक्त पक्राउ गर्न सफल भए ।

मौसम झा पाठक

१६ मंसिर, धनुषा। धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर सोनु कुमार साहले मुद्दा फर्छौटलाई तिब्रता दिन थालेपछि आम नागरिक सुरक्षाको अनुभूति गर्न थालेका छन् । ईलाका क्षेत्रभित्र हुने अपराधिक क्रियाकलापको आँकडा समेत न्यून गर्न सफल भएका ईन्सपेक्टर साहले आम नागरिकबाट ईलाका प्रहरीमा आउने निवेदन, मुद्दाहरुलाई ९० प्रतिशतको औसतमा फर्छयौट गर्न सफल भएका छन् ।

अदालती फैसला मुद्दाहरुलाई कार्यन्वन गर्न धनुषामा अगाडी भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्सपेक्टर साहले ईन्चार्ज सम्हालेपछि ४५ जना फरार अभियुक्त पक्राउ गर्न सफल भए । जसमा करिब ४ लाखको हाराहारीमा जरिवाना समेत संकलन गरे । उनले कमान सम्हालेपछि भन्सार राजस्व छलीको १९ लाख बढी राजस्व संकलन गरे भने अवैद्य बालुवा गिट्टीबाट जरिवाना र राजस्व गरी २ लाख ३१ हजार, घरेलु मदिार ९४० लिटर बरामद गरेको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै, प्रहरीबाट जारी भएको ३० हुलियामध्ये १९ जनाको पहिचान गर्न सफल भएका इन्सपेक्टर साहले परेको ३२४ उजुरीमध्ये २१४ उजुरीलाई फर्छयौट गरिसकेको बताए । उनले जग्गा जमिनसम्बन्धी विवाद गाउँमै मिलाएको बताए । ईन्सपेक्टर साह आएपछि कार्यालयमा सिसिटिभी जडान, नयाँ गेट निर्माण र प्रतिक्षालय निर्माण गराए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कार्य सम्पादन हुने कार्यहरुमा पनि ईन्सपेक्टर साहले मर्यादा बढाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री
तीन सहायक रथी उपरथीमा बढुवा
तीन सहायक रथी उपरथीमा बढुवा
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ
काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट, ३ जना पक्राउ
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन- प्रधानमन्त्री
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
रुस–युक्रेन युद्धमा कैलालीका युवकको मृत्यु
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
धनगढीमा ड्युटीमा रहेका प्रहरीलाई लखेट्दै चक्कु प्रहारको प्रयास
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
नव युवाहरूलाई मूलधारको राजनीतिमा जोड्नेछौँः महासचिव पोखरेल
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति
एआईमा चीनको ठूलो फड्को, विश्वव्यापी मानकभन्दा हजारौं गुणा बढी कम्प्युटिङ शक्ति