ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
मौसम झा पाठक
१६ मंसिर, धनुषा। धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्सपेक्टर सोनु कुमार साहले मुद्दा फर्छौटलाई तिब्रता दिन थालेपछि आम नागरिक सुरक्षाको अनुभूति गर्न थालेका छन् । ईलाका क्षेत्रभित्र हुने अपराधिक क्रियाकलापको आँकडा समेत न्यून गर्न सफल भएका ईन्सपेक्टर साहले आम नागरिकबाट ईलाका प्रहरीमा आउने निवेदन, मुद्दाहरुलाई ९० प्रतिशतको औसतमा फर्छयौट गर्न सफल भएका छन् ।
अदालती फैसला मुद्दाहरुलाई कार्यन्वन गर्न धनुषामा अगाडी भएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ईन्सपेक्टर साहले ईन्चार्ज सम्हालेपछि ४५ जना फरार अभियुक्त पक्राउ गर्न सफल भए । जसमा करिब ४ लाखको हाराहारीमा जरिवाना समेत संकलन गरे । उनले कमान सम्हालेपछि भन्सार राजस्व छलीको १९ लाख बढी राजस्व संकलन गरे भने अवैद्य बालुवा गिट्टीबाट जरिवाना र राजस्व गरी २ लाख ३१ हजार, घरेलु मदिार ९४० लिटर बरामद गरेको प्रगति विवरणमा उल्लेख छ ।
यस्तै, प्रहरीबाट जारी भएको ३० हुलियामध्ये १९ जनाको पहिचान गर्न सफल भएका इन्सपेक्टर साहले परेको ३२४ उजुरीमध्ये २१४ उजुरीलाई फर्छयौट गरिसकेको बताए । उनले जग्गा जमिनसम्बन्धी विवाद गाउँमै मिलाएको बताए । ईन्सपेक्टर साह आएपछि कार्यालयमा सिसिटिभी जडान, नयाँ गेट निर्माण र प्रतिक्षालय निर्माण गराए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट कार्य सम्पादन हुने कार्यहरुमा पनि ईन्सपेक्टर साहले मर्यादा बढाएका छन् ।
Post Comment