कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार (भिडियो)
२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो रिपोर्टस क्लबमा भएको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा उनीमाथि खुकुरी प्रहार भएको हो ।
काठमाडौं। खुकुरी प्रहारबाट घाइते भएको यादवलाई उपचारको लागि वीर अस्पताल लगिएको छ । यादवमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरीका अनुसार नुवाकोटका श्यामबाबु सापकोटालाई पक्राउ गरिएको हो । यादवको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1