यू–१९ एसिया कप: श्रीलंकाले दियो नेपाललाई २३४ रनको लक्ष्य, सन्तोषको नाममा चार विकेट
१४ मंसिर ,काठमाडौं– आजदेखि सुरु भएको यू–१९ एसिया कपमा नेपाललाई श्रीलंकाले २३४ रनको लक्ष्य दिएको छ। यूएईको सारजहाँ क्रिकेट स्टेडियममा टस हार्दै पहिले व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको हो।

श्रीलंकाका लागि शरुजन शन्मुगत्थानले सर्वाधिक ६२ रन बनाउँदा लकभीन अब्ययसिंघेले ५० रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कभीजा गमाजीले ३७ रन बनाए भने दुलनित सिग्रा र भिमाथ दिनसाराले २४/२४ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि सन्तोष यादवले पूरा १० ओभर बलिङ गर्दै ४५ रन खर्चेर ४ विकेट लिँदा युवराज खत्रीले पनि १० ओभरमा ४४ रन खर्चेतर २ विकेट लिए। कप्तान हेमन्त धामी र नरेन साउदले एक/एक विकेट लिए। टस जित्दै नेपालले पहिले फिल्डिङ रोजेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment