१० श्रावण २०८२, शुक्रबार

भारतको राजधानी दिल्लीमा बम विस्फोट

 

१३ मंसिर,  काठमाडौँ-भारतको राजधानी नयाँ दिल्लीमा बम विस्फोट भएको छ। बिहीबार नयाँ दिल्लीको प्रशान्त विहारस्थित पीवीआर थिएटरनजिक विस्फोट भएको हो। अधिकारीहरूका अनुसार स्थानीय समयअनुसार बिहान ११ बजेर ४८ मिनेटमा विस्फोट भएको हो।

विस्फोटमा परी मानवीय क्षति नभएको दिल्ली प्रहरीले जनाएको छ। घटनास्थल पुगेका प्रहरी र बम निरोधक दस्ताले विस्फोटबारे छानबिन गरिरहेको जनाइएको छ। दिल्लीको प्रशान्त विहार क्षेत्रमा विस्फोटको यो दोस्रो घटना हो। यसअघि २० अक्टुबरमा प्रशान्त विहार क्षेत्रको सीआरपीएफ स्कुलबाहिर विस्फोट भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?