काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सारांश

  • वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहीबार (आज) बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।
  • दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्।
  • उनको दाहिने हातमा चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए।

१३ मंसिर,  पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, चुरियामाईमा एक कन्टेनर पल्टिएको छ। वीरगन्जजबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको लहरी बिहीबार (आज) बिहान १०:३० बजेतिर अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको मकवानपुर प्रहरी प्रवक्ता, डीएसपी श्यामु अर्यालले जानकारी दिए। उनका अनुसार चालक मोक्तानको उपचार हेटौँडा अस्पताल भइरहेको छ। दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरी क्रेनको सहायताले कन्टेरन उठाई सडक खुलाउने प्रयास भइरहेको डीएसपी अर्यालले बताए । लहरी सडकमै पल्टिएका कारण यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न मकवानपुर प्रहरीले सुझाव दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता अर्यालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको पुनः एकीकरण सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
नेपाल प्रहरीको ३१औं आइजिपीमा दीपक थापा नियुक्त
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
सुनको मूल्य निरन्तर उकालो : आज तोलाको रू एक लाख ८७ हजार कायम
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
एमाले संसदीय दलको बैठक बस्दै, नयाँ विधेयकमा छलफल हुने
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट
५ सय १८ रोपनी जग्गामा लगाइएको अफिम खेती नष्ट
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति चुनाव– अग्रता बढाउँदै डोनाल्ड ट्रम्प
स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
ऋषि पञ्चमी व्रत कर्मकाण्ड मात्र होईन,संस्कार र शुद्धताको प्रतीक हो : प्रधानमन्त्री ओली
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु
आजको मौसमः देशभर आंशिक बदली, तराईमा हुस्सु