धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
धनुषाको एक स्टोरमा आगलागी हुँदा ४० लाखको क्षति

सारांश

  • धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ ।
  • मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ ।
  • टपरी उद्योगमा तयार भएको ड लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए ।

 

१२ मंसिर, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ स्थित कुशवाहा जेनरल स्टोर्समा आगलागी भएको छ । मंगलबार राति करिब साढे ७ बजेतिर रामकुमार महतोले घरमै सञ्चालन गरेको जेनरल स्टोर र कुशवाहा टपरी उद्योगसमेत जलेको छ ।

टपरी उद्योगमा तयार भएको ड लाखको टपरीसहित कच्चा पदार्थ, जेनरल स्टोर्समा रहेको पेपर प्लेट, पानी ग्लास, चिया ग्लासलगायत जलेर ४० लाख भन्दा बढीको क्षति भएको पीडित महतोले बताए । आगलागी स्थानीय, क्षिरेश्वरनाथ नगरपालिका र दंगा प्रहरी गण ढल्केवरको वारुणयन्त्रले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए । क्षति सम्बन्धी मुचुल्का उठाउन बाँकी रहेको उनको भनाइ छ ।  विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ