दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर ५, २०८१
|
|
४३ पटक हेरिएको
Shares
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् ।
  • न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
  • प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

५ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।

प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।

प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली सोलुखुम्बुमा
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
नौबिसे-मलेखु सडकखण्ड आजदेखि १५ दिनसम्म राति ५ घण्टा बन्द
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
तानसेन महोत्सवको ठेक्काबाट नगरपालिकालाई ९५ लाख आम्दानी
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
सर्लाहीबाट बेहुली लिन लहान जाँदै गरेको बस धनुषामा दुर्घटना, १३ जना घाइते
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?
घट्यो सुनको मुल्य, कतिमा भइरहेछ कारोबार ?
रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन
रवीन्द्र मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
जयनगर–बर्दिवास रेल्वेः मुआब्जा पाउने आशमा जग्गाधनी
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
चलचित्र विधेयक २०८१ मा ३० प्रतिशतसम्म संशोधन आवश्यक : मन्त्री खरेल
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय
प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि देशभर सुरक्षा संयन्त्र सक्रिय