आज राष्ट्रिय कर दिवस मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १, २०८१
|
|
३६ पटक हेरिएको
Shares
आज राष्ट्रिय कर दिवस मनाइँदै

सारांश

  • राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।
  • आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।
  • कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो ।

१ मंसिर, काठमाण्डु-‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ आज राष्ट्रिय कर दिवस मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।

आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दैै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो । आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगततर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् ।

आर्थिक वर्ष २०८०/८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिकतर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ । नेपालमा करदाता मैत्री कार्य प्रणाली अवलम्बन गरी स्वेच्छिक कर सहभागिता बढाउने, कर सहभागिता लागत र सञ्चालन लागत न्यून गर्दै करको दायरा विस्तार गर्ने उद्देश्यले साबिकका कर विभाग तथा मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी २०५८ साल बैशाख २ गते विभागको स्थापना भएको थियो ।

आन्तरिक राजस्व विभाग अन्तर्गत नेपालमा एउटा ठूलो करदाता कार्यालय, एउटा मध्यम स्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा ११ जनाको आवेदन
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसामा ३२ बालबालिकाको मृत्यु
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
बाबर आजमले दिए पाकिस्तान क्रिकेट टीमको कप्तानबाट राजीनामा
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु
रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु
४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो
४० जना यात्रु बोकेको बस मस्र्याङ्दी नदीमा खस्यो
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय