अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु

सारांश

  • उदयपुरको दुई अलग अलग ठाउँमा भएको ट्र्याक्ट् दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
  • बिहिबार उदयपुरगढी गाउँपालिका वडा नं २ गेर्खेमा उदयपुरगढी तिरबाट ताप्लीतर्फ जाँदै गरेको प्र १( ००२ त ९६१ नं को खाली ट्रयाक्टर आफै अनियन्त्रित भै सडकबाट करिब ५० मिटर झरेको थियो ।
  • ट्रयाक्टर चालक भोजपुर हतुवागढी गाउँपालिका २ बस्ने वर्ष १९ को निरज मगरको घटनास्थलमै ज्यान गएको र सहचालक उदयपुर ताप्ली गा.

३० कार्तिक, उदयपुर । उदयपुरको दुई अलग अलग ठाउँमा भएको ट्र्याक्ट् दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बिहिबार उदयपुरगढी गाउँपालिका वडा नं २ गेर्खेमा उदयपुरगढी तिरबाट ताप्लीतर्फ जाँदै गरेको प्र १( ००२ त ९६१ नं को खाली ट्रयाक्टर आफै अनियन्त्रित भै सडकबाट करिब ५० मिटर झरेको थियो ।

ट्रयाक्टर चालक भोजपुर हतुवागढी गाउँपालिका २ बस्ने वर्ष १९ को निरज मगरको घटनास्थलमै ज्यान गएको र सहचालक उदयपुर ताप्ली गा. पा का २ बस्ने २२ वर्षका रमेश श्रेष्ठ घाइते भै उपचारकालागि कटारी अस्पताल लगिएकोमा पछि थप उपचारकालागि बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए । सवारी दूर्घटनामा ज्यान गुमाएका मगरको लास पोष्ट मार्टमकालागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक कार्कीले बताए ।

यसैगरी बिहिबार नै रौतामाई गाउँपालिका वडा नं १ डहरस्थित भित्री सडक खण्डमा उदयपुर कै लिम्चुङबुङबाट डहरमा लागेको मेला तर्फ आउँदै गरेको प्र ३(००१ त ८१९० नं को ट्रयाक्टर आफैँ अनियन्त्रित भै सडक साइडमा पल्टदा सोही ट्रयाक्टरमा सवार भएका रौतामार्य १ डहरका ४० वर्षका चक्र बहादुर तामाङको ज्यान गएको छ भने अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष कार्कीले बताए । उक्त दूर्घटनामा परेर घाइते हुनेमा रौतामाई १ डहर गाउँका १८ वर्षकी मनिषा तामाङ र सोही ठाउँ घर भएका वर्ष २३ का सुरेश तामाङको उदयपुर जिल्ला अस्पतालमा उपचार भैरहेको जानकारी प्रहरी निरीक्षक कार्कीले दिएका छन् ।

ट्रयाक्टर चालक रौतामाई १ डहर बस्ने वर्ष २४ को अमृत तामाङ तत्काल फरार रहेकोमा खोज तलास भैरहेको र उक्त घटना स्थलमा प्रहरी नायव निरीक्षक गंगा राईको कमाण्डमा प्रहरी टोली खटाइएको छ भने ज्यान गुमाएकाको लास र घटनास्थललाई सुरक्षित राखि आवश्यक थप अनुसन्धानकालागि प्रहरी निरीक्षक सन्तोष कार्कीको कमाण्डमा माधव पोखरेल soco सहितको टोली घटना स्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाउको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा
क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
तिन वटा संसदीय समितिको बैठक बस्दै
तिन वटा संसदीय समितिको बैठक बस्दै
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
सर्लाहीमा वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
थाइल्यान्ड–कम्बोडियाबीचको द्वन्द्व दोस्रो दिनमा : १६ जनाको मृ*त्यु, हजारौँ विस्थापित
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा
कम्बोडियाले गर्‍यो ६०२ नेपालीको जरिबाना मिनाहा