एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै

सारांश

  • नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
  • सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।
  • यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरीक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो ।

१९ भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।

यसअघि सोमबार रातिदेखि मतदान गर्ने भनिए पनि अन्तिम समयमा आन्तरीक तयारी नपुगेको र अध्यक्ष मण्डलले उज्यालोमा मतदान गर्न आग्रह गरेकाले समय सारिएको थियो । अध्यक्षमा राधाकृष्ण कँडेल र हरि रिजाल उम्मेदवार छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिन्छन् । कँडेल पक्षले एमाले उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको र रिजाल पक्षले महासचिव शंकर पोखरेलको समर्थन रहेको भन्दै प्रचार गरिरहेका छन् । उनीहरु पदाधिकारीमा प्यानल नै बनाएर निर्वाचनमा होमिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई सर्वसम्मतबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । शनिबार र आइतबार सहमतिको प्रयास गरे पनि नेताहरु सफल भएनन् । भदौ १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशन सहमतिको प्रयास असफल हुँदा दुई दिन लम्बिइसकेको छ ।  लुम्बिनी प्रदेश कमिटीको सचिवमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन् । उनी अध्यक्षका प्रत्यासीद्वय कँडेल र रिजाल दुवै पक्षको समूहमा थिए । अब अध्यक्ष, उपाध्यक्ष र दुई उपसचिव तथा सदस्यहरु निर्वाचनबाट चुनिने छन् । निर्वाचनले ५ पदाधिकारीसहित २०५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ ।

अरु उम्मेदवार को-को ?

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ र विश्वराज बराल (अनुप), बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वली उम्मेदवार छन् । श्रेष्ठ र बराल रिजाल प्यानलका हुन् भने विश्वकर्मा र वलीले प्यानल बाहिरबाट उम्मेदवारी दिएका छन् । सचिवमा निर्विरोध चुनिएका दाङका लक्ष्मण आचार्य कंडेल र रिजाल दुवै प्यानलका उम्मेदवार थिए । तर उनको समर्थन कंडेल पक्षलाई देखिएको छ । उपसचिव पुरुषतर्फ एक पदका लागि रुकुम पूर्वका उपेन्द्रलाल कामी, रोल्पाका पूर्ण बुढामगर र बाँकेका दुर्गाप्रसाद थारु (चौधरी) उम्मेदवार छन् ।

त्यस्तै उपसचिव महिलातर्फ एक पदका लागि बाँकेकी आरती पौडेल, बसन्ती अधिकारी र बर्दियाकी लिला रानामगर प्रतिस्पर्धामा छन् । चौधरी र राना कंडेल प्यानलका हुन् भने बुढामगर र अधिकारी रिजाल प्यानलका हुन् । २०० जना सदस्यका लागि ३०५ जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
त्रिवि पदाधिकारीलाई शिक्षामन्त्री पुनको प्रश्न, नतिजा कति दिनमा सार्वजनिक हुन्छ ?
कुँवर र खत्री सचिव पदमा बढुवा
कुँवर र खत्री सचिव पदमा बढुवा
श्रीलंकाका राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त
श्रीलंकाका राजदूतमा पूर्णबहादुर नेपाली नियुक्त
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
जेन-जी प्रदर्शनका साढे दुई दर्जन घाइते अझै अस्पतालमा
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
नेपाली विद्यार्थी प्रकृतिको मृत्युप्रति भारतीय दूतावासद्वारा दुःख व्यक्त, क्याम्पसमा फर्किन आग्रह
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन
पशुपति क्षेत्रका अवैध संरचना हटाउन पर्यटनमन्त्रीको निर्देशन