मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, कार्तिक २७, २०८१
|
|
३८ पटक हेरिएको
Shares
मानव तस्करी प्रकरण : पूर्वमन्त्री अधिकारीसहित ९ जनालाई ७ दिन म्याद थप

सारांश

  • काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।
  • फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन्।
  • कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए।

२७ कार्तिक, काठमाडौँ- कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालले उनीहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।

फर्जी कागजात बनाएर युवाहरूलाई जापानमा लुकाउने नियत राखेर ‘मानव तस्करी’ गरेको आरोपमा पूर्वमन्त्री अधिकारी, दावा शेर्पा, जनक राई, कञ्चन देवकोटा, महेश पाण्डे, वीरबहादुर सुनार, जुगल रिजाल, गुड्डी राई र नविन राई हिरासतमा छन्। कार्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए। तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) गरेको थियो।

उनीहरूलाई बिचौलियाहरू धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। आरोपीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ। अधिकारीले आफूलाई फसाइएको र आफूलाई फसाउनेहरूको विवरण प्रहरीलाई उपलब्ध गराइसकेको पनि दाबी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
मोटरसाईकल दुर्घटनामा एकको मृ*त्यु, एक घाइते
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
प्रधानमन्त्री ज्यू जनताले नेपालमा भविष्य देख्न छाडे : प्रभु शाह
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
विद्यालय शिक्षा र निजामती कर्मचारी विधेयक चालु अधिवेशनबाटै पारित गर्ने सत्तापक्षको तयारी
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
हेटौंडामा ५ वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
बालेन शाहसँग देश चलाउने विचार छैन : राजेन्द्र महतो
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
म राजनीतिक गर्ने राजनीतिज्ञ होइन, म समाजसेवी हुँ : महाविर पुन
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने
राप्रपाका दुई सांसद मात्र संसद्‌मा उपस्थित हुने ,अरुलाई प्रदर्शनमा उतार्ने