विराटनगरमा लागुऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ
२६ कार्तिक, विराटनगर । विराटनगरमा प्रहरी टोलीले विभिन्न स्थानहरूबाट लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई पक्राउ गरेको छ।
पहिलो घटना विराटनगर महानगरपालिका–१७ मटेर्वामा भएको थियो, जहाँ भेडियारीबाट खटिएको प्रहरी टोलीले ३७ वर्षीय राजेन्द्र पोखरेल र ४२ वर्षीय कुशल थापालाई ५९० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्यो। पक्राउ परेका पोखरेल विराटनगर ११ पिचरा र थापा विराटनगर १० तिनटोलियाका बासिन्दा हुन्। त्यस्तै, साँझ साढे ५ बजे, लागुऔषध व्युरो विराटनगरको टोलीले विराटनगर–१६ हुलास चौकबाट ३ ग्राम ६४ मिलिग्राम ब्राउन सुगरसहित ३२ वर्षीय युवराज खड्कालाई नियन्त्रणमा लियो। खड्का सुन्दरहरैचा नगरपालिका–६ का स्थानीय हुन्।
अर्को घटना राति साँवा ८ बजे धरानमा भएको थियो। इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका–३ स्थितबाट धरान १५ निवासी २४ वर्षीय राम श्रेष्ठ र धरान १६ की २२ वर्षीया मेलिना राईलाई ५२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गर्यो। प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।
Post Comment