तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल
मेष : सञ्चित धन खर्च हुने योग छ । लगानी विस्तार नगर्नु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्नेछ । राजनीतिक संगठनले साथ दिनेछ । साथीभाइसँग रमाइलो गर्नेक्रममा परिवारको साथ रहनेछ । रातको समयमा नहिड्नु राम्रो हुनेछ ।
वृष : न्यायको पर्खाइमा भए तपाईंको पक्षमा निर्णय हुनेछ । विपक्षी साथीबाट सचेत बन्नुपर्ने दिन छ । परिवारको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मिथुन : अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । तिहारको देउसी भैलोमा कला र गलाले साथ दिनेछ । साथीभाइसँग रमाइलो घुमघाम गर्ने दिन भए पनि स्वास्थ्यको ख्याल गर्नुपर्नेछ ।
कर्कट : तपाईंलाई अगाडि लगाएर बीचमा छोड्ने साथी सक्रिय छन् । हौसिएर व्यवहार गर्ने बानी छाड्नु राम्रो हुनेछ । प्राविधिक कुरामा फाइदा हुनेछ । वैदेशिक रमझमले मन तान्ने योग छ । परिवारको साथ र सहयोग मिल्नेछ ।
सिंह : एकल निर्णयबाट घाटा हुनेछ । बन्धु र साथीसँग बसेर गरेको निर्णयबाट फाइदा हुने योग छ । निर्णय क्षमता कमजोर हुँदा साथीहरुले तपाईंको आलोचना गर्नेछन् । परिवारले संकटमा तपाईंलाई साथ दिनेछ ।
कन्या : आज गरेको व्यवहारबाट अगाडि बढेमा दैनिकी सहज बन्नेछ । स्वदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । साथी र आफन्तले साथ दिने योग छ । परिवारमा सँगै बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।
तुला : दिन राम्रो छ । आफ्नो निर्णय आफैंले गरेर अगाडि बढेमा दिन सहज बन्नेछ । लगानीले मनमा खुशी मिल्नेछ । हिजो मन दुखाएका साथीहरुसँगै बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा राम्रो हुनेछ ।
वृश्चिक : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन हो । नजिकका साथीसँग व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध शान्त बन्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ ।
धनु : समय राम्रो छ । आफन्तको साथ लिएर परोपकारमा अगाडि बढ्नु फाइदाजनक हुनेछ । स्वास्थ्यले साथ दिनेछ । खानपानमा सचेत नहुँदा रोगको प्रकोप बढ्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । परिवारमा आफ्ना सुख र दुःख शेयर गरेमा राम्रो हुनेछ ।
मकर : सुखी बन्न नसक्ने दिन छ । अरुलाई समय दिँदा परिवारमा खटपटी बढ्नेछ । शिक्षामा ढिलासुस्तीले घाटा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ । बिहान शिवको भजन सुन्न सकेमा दिन सहज हुनेछ ।
कुम्भ : मनमा उत्साह हराए पनि लगानी खेर नजाने देखिन्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।
मीन : पञ्चम भावमा खराब दशा भएकाले शिक्षाको क्षेत्रमा घाटा हुनेछ । खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ । चाडपर्वमा रमाइलो गरेको नाममा आलोचना हुने भएकाले सचेत भएर हिँड्नु फाइदाजनक हुनेछ । संकटमा परिवारको साथ मिल्नेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Post Comment