सर्लाहीमा १० के.जी. गाँजासहित दुई युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
३९ पटक हेरिएको
Shares
सर्लाहीमा १० के.जी. गाँजासहित दुई युवक पक्राउ

सारांश

  •   सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ स्थित नवलपुर-मलंगवा सडकखण्डको बीचमा प्रहरीको विशेष अपरेसनमा १० के.
  • जी.
  • गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

९ कार्तिक, सर्लाही ।  सर्लाही जिल्लाको मलंगवा नगरपालिका ११ स्थित नवलपुर-मलंगवा सडकखण्डको बीचमा प्रहरीको विशेष अपरेसनमा १० के.जी. गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

प्राप्त सूचनाका आधारमा प्रहरीको टोलीले उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश २-०३-०२२ प ०७६१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा मोटरसाइकल चालक हरिपुर नगरपालिका १ निवासी २२ वर्षीय सुलिन्द्र महतो कोईरी र पछाडि सवार बरहथवा नगरपालिका ९ निवासी १६ वर्षीय चन्दन शर्माको झोलाबाट ५/५ किलोको २ पोका गाँजा फेला परेको थियो।

प्रहरीले झोलामा राखिएको जम्मा १० के.जी. गाँजा र मोटरसाइकललाई नियन्त्रणमा लिई दुबै जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूविरुद्ध सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्यालको पदबहाली
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्यालको पदबहाली
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको भारत भ्रमणबाट पञ्चेश्वर परियोजना अघि बढाउने गृहकार्य हुँदैछ : उर्जामन्त्री खड्का
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रपतिबाट चुनावको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
यो सरकारको सोचै गलत छः शेखर कोईराला
यो सरकारको सोचै गलत छः शेखर कोईराला