सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
८३ पटक हेरिएको
Shares
सामाजिक सन्जालमा गाउँपालिकाविरुद्ध भ्रम फैलाइएकोमा आपत्ति

सारांश

  • सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा मिथ्या सूचना प्रवाह गरिएको भन्दै आपत्ति जनाएको छ ।
  • गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी बेरुजुको विषयलाई लिएर केही युवाले सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभावी ‘स्टाटस्’ लेखेर भ्रमित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।
  • कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी आफूलाई बद्नाम गराउने र गाउँपालिकाका सोझा नागरिकमा भ्रम पैदा गर्ने काम भइरहेको बताउनुभयो ।

 

७ कार्तिक, सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा मिथ्या सूचना प्रवाह गरिएको भन्दै आपत्ति जनाएको छ । गाउँपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी बेरुजुको विषयलाई लिएर केही युवाले सामाजिक सञ्जालको दुरुपयोग गरी जथाभावी ‘स्टाटस्’ लेखेर भ्रमित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको हो ।

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले सामाजिक सञ्जालमा अनर्गल प्रचार गरी आफूलाई बद्नाम गराउने र गाउँपालिकाका सोझा नागरिकमा भ्रम पैदा गर्ने काम भइरहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको आर्थिक प्रतिवेदनलाई लिएर गाउँपालिकाविरुद्ध १० जना युवाको समूह अफवाह फैलाउन लागिपरेको उहाँको भनाई छ । गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै तलब, भत्ता, यातायात सुविधालगायत सरकारबाट पालिका अध्यक्षलाई प्रवाह हुने कुनै सेवासुविधा नलिएको आफूलाई बद्नाम गराउन सामाजिक सञ्जालमा जथाभावी ‘स्टाटस्’ लेखेर चरित्र हत्या गर्ने काम भएको अध्यक्ष बब्लुले आपत्ति प्रकट गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो गाउँपालिकामा कुनै पनि किसिमको भ्रष्टाचार नभएको दावी गर्दै गाउँपालिकाको बेरुजु समेत अघिल्लो पटकका जनप्रतिनिधिको तुलनामा आधा भन्दा कम रहेको उल्लेख गर्नुभयो । महालेखा परीक्षकको कार्यालयलेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ मा कौडेना गाउँपालिकाको बेरुजु एक करोड २२ लाख रुपियाँ रहेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत केही विद्यालयमा भवन निर्माणका लागि रकम निकासा भएर गएको तर विभिन्न विवादका कारण भवन बन्न नसकेर सो रकममा समेत बेरुजु आएको उहाँको भनाई छ ।

उहाँले कागजात नपुगेको शिर्षकमा कागजात जुटाउने र असुल गर्नुपर्ने बेरुजु रकम असुलउपरको प्रक्रियामा लगिएकाले जथाभावी प्रचारप्रसार गरेर मानिसलाई भ्रमित पार्ने काम नगर्न आग्रह गर्नुभयो । गाउँपालिकाका लेखा प्रमुख हरिनारायण साहले बेरुजमा देखिएको रकमलाई भ्रष्टाचार भन्न नमिल्ने बताउनुभयो । उहाँले आर्थिक वर्षको अन्तिममा काम भइसकेर पनि भर्पाई आउन बाँकी रहेको, आवश्यक कागजात नपुगेको जस्ता कारणले समेत बेरुजु आउने भएकाले ति सबै बेरुजुमा कडिकडाउ गरेर कागजात सङ्कलन गर्ने र असुलउपर गर्नुपर्ने ठाउँमा नगदै असुल गर्ने काममा लागि परेको जानकारी दिनुभयो ।  कौडेनास्थित कृषि तथा पशुपन्छी विकास भवनमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष नगीना देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव रायलगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
जरिवाना नतिरेका ६ दललाई निर्वाचनमा भाग लिन दिने/नदिने आयोगको हातमा
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्टमा पोथस नियुक्त
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
रास्वपा समर्थकलाई मुकुलको आग्रह- रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाईदिनुस्
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
सुदूरपश्चिम रोयल्सको एनपीएल ट्रफी टूर सम्पन्न
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
विष्णु रिमाललाई ज्ञानेन्द्र शाहीको कटाक्ष : वडाध्यक्षको तयारी गर्नुहोस्
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ
नेपाल बैंकको खुद नाफा ३२२.९८ प्रतिशतले बढ्यो, सञ्चालन मुनाफामा पनि छलाङ