तिन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा १६ अर्ब २३ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक ७, २०८१
|
|
३४ पटक हेरिएको
Shares
तिन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा  १६ अर्ब २३ करोड

सारांश

  • सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा समग्रमा २१ दशमलव ६३ प्रतिशत बढेको छ ।
  • यस वर्ष पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका हुन ।
  • गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थिए ।

७ कार्तिक, काठमाडौं- सबै वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा समग्रमा २१ दशमलव ६३ प्रतिशत बढेको छ ।

यस वर्ष पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकहरुले कुल १६ अर्ब २३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका हुन । गत वर्ष यस अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थिए ।  गत वर्षको तुलनामा यस वर्ष धेरै जसो वाणिज्य बैंकहरुको इम्पेरमेन्ट चार्ज रकम घटेकाले पनि खुद नाफा बढेको देखिन्छ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक नाफा गरेको छ भने एनआईसी एशिया बैंकको सबैभन्दा कम रहेको छ । नबिल बैंकले गत वर्षभन्दा यस वर्ष ३९ दशमलव ९७ प्रतिशत नाफा बृद्धि गर्दै २ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

सबैभन्दा कम नाफा गर्ने एनआईसी एशिया बैंकले भने गत वर्षभन्दा ८९ प्रतिशत कम ११ करोड ५ लाख रुपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको तथ्याङ्क छ । गत वर्ष यस अवधिसम्म यस बैंकले १ खर्ब १ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष २० वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकसँगै राष्ट्रिय वाणिज्य बैंकको ८२ दशमलव ४० प्रतिशत, सिटिजन्स बैंकको १२ दशमलव ५५ प्रतिशत, हिमालयन बैंकको ३१ दशमलव २२ प्रतिशत, सानिमा बैंकको १७ दशमलव २७ प्रतिशत,माछापुच्छ्रे बैंकको ७ दशमलव १९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ दशमलव ८२ प्रतिशत खुद नाफा घटेको छ ।

गत वर्ष ८८ करोड ८० लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कृषि विकास बैंकले भने नोक्सानी सुधार्दै १९ करोड ९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको छ । बृद्धिका हिसाबमा गत वर्षभन्दा यस वर्ष सिद्धार्थ बैंकले सबैभन्दा बढी ७९१ दशमलव ४३ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष ४ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको सिद्धार्थ बैंकले यस वर्ष ३८ करोड २० लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो नाउपा
सिन्धुलीमा पिकअप भ्यान दुर्घटना, १३ जना घाइते
सिन्धुलीमा पिकअप भ्यान दुर्घटना, १३ जना घाइते
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
जातीय विभेद मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल
कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन
कुलमानलाई हटाएपछि काठमाडौँमा सरकारको विरोधमा दिनभर प्रदर्शन
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
करेन्ट लागेर चालकको मृ*त्यु : क्षतिपूर्तिको माग गर्दै रसुवा सडक खण्ड बन्द
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
डलर साटीदिन्छु भनि ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
विराटनगरमा एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
तीन दिनपछि एमाले अध्यक्ष ओलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई