हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
३६ पटक हेरिएको
Shares
हावाहुरीसहितको वर्षाले मधेसको धानबालीमा व्यापक क्षति

सारांश

  • गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहितका विभिन्न अन्न बालीमा व्यापक क्षति गरेको छ।
  • सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धान बालीमा सबैभन्दा नराम्रो असर पुगेको किसानले बताएका छन्।
  •   मधेसका सबैजसो जिल्लामा गएराति हावाहुरीसहित वर्षा भएको थियो।

४ कार्तिक , सर्लाही । गएराति मधेसका विभिन्न जिल्लामा भएको बेमौसमी वर्षा र हावाहुरीले पाकेको धानसहितका विभिन्न अन्न बालीमा व्यापक क्षति गरेको छ।

सर्लाही, रौतहट, बारा, महोत्तरी, धनुषासहितका जिल्लामा किसानले थन्क्याउन ठिक्क पारेको धान बालीमा सबैभन्दा नराम्रो असर पुगेको किसानले बताएका छन्।  मधेसका सबैजसो जिल्लामा गएराति हावाहुरीसहित वर्षा भएको थियो।  कतिपय किसानले काटेर खेतमै छाडेको धान पानीमा डुबेको छ भने काट्न बाँकी धान पनि हावाहुरीले खेतमै सोत्तर बनेको सञ्चारकर्मीसमेत रहेका रौतहटको चन्द्रपुरका सुब्बा कार्कीले बताए।

धानबाहेक भर्खरै छरेको तोरी, चना, मुसुरोसहितका बालीमा पनि वर्षाले क्षति पुगेको किसानले बताएका छन्। हिजोअस्ती छरिएको तोरी चनासहितको खेतबालीमा पानी जमेको छ। तर, यो वर्षाले मंसिरमा पाक्ने धान, उखु, तरकारीसहितका बालीलाई भने फाइदा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
४७ ग्राम ब्राउन सुगरसहित तिलगंगाबाट दुईजना पक्राउ
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा
बगरमा गाडेको अवस्थामा भेटियो ११ सय किलो गाँजा
उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
धरानमा एमाले उमेदवारबीच कुटाकुट, उपचार गराउँदै छन् घाइते
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
तमिलनाडुमा सरकार गठनः कांग्रेसद्वारा विजय नेतृत्वको टिभिकेलाई समर्थन
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी