११ श्रावण २०८२, शनिबार

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड,

 

४ कार्तिक , काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । शुक्रबारको तुलनामा आजको मूल्य ६ सय रुपैयाँ बढी हो ।

मध्यपूर्व र रुस युक्रेन युद्ध, अमेरिकी चुनावको नतिजापछि आउन सक्ने अनिश्चितताका कारण सुनको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बढोत्तरी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।सुनको मूल्य बढ्नुमा नेपालको कारण नहुने व्यवसायी बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २७२१ अमेरिकी डलर छ ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?