महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
३ कार्तिक, काठमाडौं : ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ। आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
प्रहरी वृत्त सातदोबाटोले यात्रुबाहक बसमा आगलागी भएको सूचना पाएको र आगो नियन्त्रणका लागि टोली परिचालन भएको बताएको छ। घटनाको विवरण आउन बाँकी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment