धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
धौलागिरि हिमालबाट ११ दिनपछि काठमाडौं ल्याइयो ५ रुसी पर्वतारोहीको शव

सारांश

  • सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसी पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन ११ दिन लागेको हो ।
  • जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार, प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल भएको थिएन ।
  • गत बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकोप्टर रित्तै फर्किएको थियो ।

३० असोज, धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव ११ दिनपछि संकलन गरी काठमाडौं ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसी पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन ११ दिन लागेको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठका अनुसार, प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल भएको थिएन । गत बुधबार, बिहीबार र शुक्रबार शव ल्याउन गएको हेलिकोप्टर रित्तै फर्किएको थियो । शनिबार दसैँ भएकाले र आइतबार हिमालमा कुहिरो लागेकाले हेलिकोप्टर जान सकेनन् । मौसममा केही सुधार भएपछि बुधबार शव संकलन गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो ।

आधार शिविरमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसी नागरिक अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव असोज २३ गते दिउँसो भेटिएको थियो । उनीहरू २० असोज रातिदेखि सम्पर्कविहीन भएका थिए ।

‘आइ एम ट्रेकिङ एण्ड एक्सपीडिसन’मार्फत रुसका १४ पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ पर्वतरोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
लोकतन्त्रमा ’वन म्यान आर्मी’को काम छैन : पूर्व मुख्यमन्त्री सिंह
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
रोमानिया पठाउने भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महाधिवेशनको अन्योलबीच कांग्रेस कार्यसम्पादन समितिको बैठक आज
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महोत्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगियो,
दीपक मनाङेलाई पक्राउ गरेर अदालत लगियो,
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा