११ श्रावण २०८२, शनिबार

सर्लाहीमा जसपाको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

२८ असोज , सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका, सिमरामा जनता समाजवादी पार्टी (जसपा) द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा जसपा जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा, जसपा मधेस प्रदेश अध्यक्ष एवं पूर्व प्रदेश सांसद अशोक यादव प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशिष्ट अतिथि जसपा जिल्ला उपाध्यक्ष रमण मिश्र पनि उपस्थित थिए।पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका नेता र कार्यकर्ताहरूको उपस्थितिमा श्याम नन्दन पान्डे, विजय सिंह, जयनाथ राय, राम सिंहासन राय, मनोज राउत, अमन झा, बैजु पासवान, संजिव बैठा, मुन्ना महतो, नविन पटेल, शिवचन्द्र साह लगायत सयौं व्यक्तिहरूले पार्टी सदस्यता लिँदै जसपा पार्टीमा प्रवेश गरेका छन्। नयाँ प्रवेशिकाहरूलाई स्वागत गर्दै जसपाले पार्टीलाई थप सुदृढ र बलियो बनाउनका लागि प्रतिबद्धता व्यक्त गरेको जिल्ला सचिव सोहन झाले जानकारी दिए। पार्टी प्रवेशले जनता समाजवादी पार्टीलाई सर्लाहीमा थप सशक्त र संगठित बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?