२६ जेष्ठ २०८२, आईतवार

अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने क्यानडाबाटै घर फर्किए

 

२६ असोज, काठमाडौं । आईसीसी क्रीकेट विश्वकप लिग २ सहित त्रिकोणात्मक टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय टिम क्यानडाबाटै अमेरिका प्रस्थान गर्दा नेपाली राष्ट्रिय टिमका मेघा स्टार सन्दीप लामिछाने भने स्वदेश फर्किएका छन् ।

नेपालले अमेरिकामा लागि– २ का खेलहरू अक्टोबर २५ देखि खेल्ने छ । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ । आइसिसी विश्वकप लिग– २ का खेल खेल्न क्यानडा गएका लामिछाने अमेरिकाको भिसा नदिएपछि स्वदेश फर्किएका हुन् । सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाए पनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन । सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?