यस्तो छ तपाईको आजको राशिफल
मेष : अचानक धन प्राप्त हुनेछ । शेयर कारोबारमा फाइदा होला । पुराना साथी रुष्ट भएको थाहा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । व्यापारबाट नाफा कमाउने समय छ । परिवारको साथ मिल्नेछ । राजनीतिमा भने हात नहाल्नु राम्रो हुनेछ ।
वृष : दुर्गाको सेवा गर्नाले परिवारमा सुख मिल्नेछ । खानपानमा समस्या हुनसक्छ । थोरै बोलेर जित्नुपर्ने छ । मदिराको व्यापारबाट राम्रो फाइदा हुनेछ । राज्यको तर्फबाट भय र त्रास हुनेछ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ ।
मिथुन : सानो कुरामा रिस उठ्ने बानीले समस्या बढ्नसक्छ । दुर्गाको चिन्तन मात्र गरेमा दिन राम्रो हुनेछ । आम्दानीका स्रोत पत्ता लाग्नेछन् । साथी र संगठनको साथमा अवसर मिल्नेछ । दशैंको रौनकका नाममा खर्च बढ्नेछ ।
कर्कट : आम्दानी भन्दा खर्च बढ्ने देखिन्छ । खर्च कटौती गर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा परिवारको साथ प्राप्त होला । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : दिन राम्रो छ । सोचेको ठाउँमा यात्राको तय भइसकेकोले परिवारमा घुलमेल हुने दिन छ । परिवारको सहमतिमा अगाडि बढेमा काम सफल हुनेछ । साथी र बन्धुको साथ रहनेछ ।
कन्या : सहयोगी भन्दा विपक्षीको संख्या बढेको छ । व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । आम्दानी भन्दा खर्च बढ्ने भएकाले व्यापारमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । दुर्गाको आरधना गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।
तुला : बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । परोपकारमा सक्रिय हुँदा राम्रो हुनेछ । खर्च जोगाउन सचेत हुनुपर्ने समय छ । आज तपाईंले दक्षिणको यात्रा नगर्नु राम्रो हुन्छ ।
वृश्चिक : दाजुभाइसँगको सहकार्यमा उत्साह मिल्नेछ । प्राविधिक शिक्षाको क्षेत्रमा तपाईंको नाम र दाम रहनेछ । आफूभन्दा ठुला मान्छेसँगको भेटले मन खुशी हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
धनु : आज खानपानमा जुट्ने अवसर मिल्नेछ । तपाईंले न्याय पाउने दिन हो । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बनध सुमधुर बन्नेछ ।
मकर : अन्त्य साढेसातीको दशा चलिरहेको छ । धन खर्च हुनसक्छ । चाँडपर्व भन्दै जुवा, तास र क्यासिनोमा प्रवेश नै नगर्नु राम्रो हुनेछ । निजी शिक्षाको लगानीबाट राम्रो फाइदा हुनेछ । परिवारले साथ दिनेछन् ।
कुम्भ : शनिदेव प्रतिकुल हुँदा मन अशान्त बन्ने र यात्रामा अवरोध हुने जोखिम रहन्छ । जन्मकुण्डलीमा तेस्रो, छैठौ र ११ औँ स्थानमा शनि भए तपाईंले सोचेका काम बन्नेछन् । परिवारकोसाथ मिल्नेछ ।
मीन : भाग्यको स्थानमा चन्द्रमा पुगेकाले तपाईंका लागि आजको दिन रमाइलो छ। परिवारसँगको सम्बन्धमा सुधार आउने छ । तपाईंका लागि आज बिहानै गणेशको दर्शन गर्नु फाइदाजनक हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
Post Comment