ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
१०३ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटना प्रकरण : छोरा चन्दन निर्दोष रहेको बुबाआमाको दाबी

सारांश

  • प्रहरीले गत असोज १७ गते बिहान घटना भएलगत्तै ट्याक्टरका चालक खुटौना निवासी गगनदेव यादवका छोरा संजिब यादव र ट्याक्टरमा सवार सोही गाउँका बिनोद यादवका छोरा चन्दन यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मलंगवामा लगि हिरासतमा राखेकाे थियो ।
  • घट्नाको भोलिपल्टै प्रहरीले ट्याक्टर चालक संजिवलाई छाडेका थिए।
  • प्रहरीले चालकलाई छाडेको तर आफ्नो छोरा चन्दनलाई कुटपिट गरि जबर्जस्ती हिरासतमा राखेर यातना दिइरहेको पिता बिनोदकाे आराेप छ ।

२८ असोज,  मलंगवा नगरपालिकाको वडा न-६,खुटौना र वडा न-७, मुसैलीको बीचमा पर्ने नहरमा ट्याक्टर पल्टिँदा ट्याक्टरले च्यापेर नहरमा माछा मारिरहेका एक बालकको मृत्यु तथा ३ बालक घाइते भएको घटनाका वास्तविक अपराधी जोगाउन सर्लाही प्रहरीले निर्दोषलाई समातेर अपराध सकार्न यातना दिएको पिडितका परिवारले आरोप लगाएका छन् ।

प्रहरीले गत असोज १७ गते बिहान घटना भएलगत्तै ट्याक्टरका चालक खुटौना निवासी गगनदेव यादवका छोरा संजिब यादव र ट्याक्टरमा सवार सोही गाउँका बिनोद यादवका छोरा चन्दन यादवलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय मलंगवामा लगि हिरासतमा राखेकाे थियो ।घट्नाको भोलिपल्टै प्रहरीले ट्याक्टर चालक संजिवलाई छाडेका थिए। प्रहरीले चालकलाई छाडेको तर आफ्नो छोरा चन्दनलाई कुटपिट गरि जबर्जस्ती हिरासतमा राखेर यातना दिइरहेको पिता बिनोदकाे आराेप छ । प्रहरीले आफुहरुलाई छोरासँग भेट समेत गर्न नदिइरहेको उनले गुनासो गरेका छन् ।

प्रहरीले छोरालाई तँसँग नागरिकता छ ,तँ पछि आफै छुटिहाल्छस् संजिबसँग नागरिकता छैन उसलाई छुट्न समस्या पर्छ त्यसैले मैलेनै चलाइरहेको ट्याक्टरबाट दुर्घटना हुँदा बालकको ज्यान गएको भनि स्विकार गरिस् भने पछि तँलाई पनि छाडि दिन्छौ भनि झुठो आस्वाशन दिएर ट्याक्टर चलाउनसमेत नजानेको निर्दोष छोरालाई फसाएको गुनासो गरे।यस विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन जाँदा दर्ता गर्न नमानेपछि असोज २० गते जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिएको र त्यहाँबाट असोज २१ गते उजुरी दर्ता गर्नकोलागि दिएको आदेश पत्र लिएर पुनः प्रहरी कार्यालयमा जाँदा त्यहाँका प्रहरीले जिल्ला प्रशासनको लिखित आदेशलाई समेत लत्याएर उजुरी दर्ता गर्न नमानेको उनले बताए । निवेदन लिएर जाँदा प्रहरीले आफुलाई पनि छोरासँगै थुनेर खोर भित्रै सँडाइदिन्छु भनि धम्की दिएर भगाएको पीडितले दुखेसो पोखे।

प्रहरीले लेनदेनमा संजिबलाई उन्मुक्ति दिएर निजले गराएको दुर्घटनाको जिम्मा छोरा चन्दनलाई जबर्जस्ती स्विकार्न लगाएर एउटा निर्दोषलाई फसाउन खोजेको भन्दै उनले न्यायको लागि पहल गरिदिन सबैसँग आग्रह गरेका छन् ।
चालक थुनामुक्त भएको दिनदेखिनै फरार भएकोले निजलाई पक्राउ गरि घट्नाको बास्तविकता बारे पत्ता लगाई वास्तविक दाेषीलाई कार्वाहीकाे दायरामा ल्याउ पिडित परिवारले माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
ललितपुरमा टिपरको ठ*क्करले पैदलयात्रीको मृ*त्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
कुलमानका कारण रोकियो रवि-बालेन सहमति
कुलमानका कारण रोकियो रवि-बालेन सहमति
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
बाल पोषण अनुदानसँग सम्बन्धि अभिभावक सचेतना कार्यक्रम संपन्न
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
कोशी प्रदेश प्रमुखको कार्यभार मधेश प्रदेश प्रमुखलाई
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)