राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठहरूको दर्शन

सारांश

  • शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्।
  • दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।
  • बडादसैँको आठौँ दिन मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ।

२५ असोज, काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकाका महत्वपूर्ण शक्तिपीठहरुको दर्शन गरेका छन्।

शुक्रवार राष्ट्रपति पौडेलले काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी पुगेर पूजा आराधना र दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका हुन्। दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।

बडादसैँको आठौँ दिन मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, सङ्कटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो थियो। त्यसैगरी, राजधानी बाहिरका चर्चित शक्तिपीठमा पनि आज महागौरी भगवतीको पूजाअर्चना गरेर महाष्टमी तथा महानवमी पर्व मनाइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
जेनजीले चलाएको शान्तिपूर्ण आन्दोलन थियो, तर घुसपैठ गरेर देश जलाइयो : महेश बस्नेत
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
सरकारी सबै पदमा खुला विज्ञापन गर्न सक्ने अवस्था छैन: मन्त्री न्यौपाने
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
मन्त्रीका स्वकीयले विष सेवन गरेको आशंका, भेटियो ३ पृष्ठको सुसाइड नोट
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
जेनजीहरुबीच विवाद चर्किको, कार्यक्रम स्थलमै झडप
बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
बढ्यो सुनको मूल्य, चाँदीको घट्यो
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
संसद् भवनमा सुरक्षाकर्मीहरूले आत्मरक्षाका लागि गोली चलाएका हुन्
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
संविधान पुनरावलोकनमा ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला