किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २४, २०८१
|
|
४१ पटक हेरिएको
Shares
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?

सारांश

  • बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो।
  • आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन्।
  •  आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ।

 

२४ असोज, काठमाडौँ- विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयरको एटिआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहान काठमाडौँबाट जनकपुरका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०५ विमान भिजिबिलिटी कमजोर हुँदा जनकपुर विमानस्थलमा अवतरण हुन नसकेपछि विराटनगर विमानस्थलमा अवतरण गरिएको थियो।आपतकालिन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडान अगावै विस्तृतरूपमा यात्रुलाई जानकारी गराएका हुन्छन्। आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ।

जनकपुरको मौसममा सुधार भएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमान ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा विमानको ती यात्रुले विमानको इमर्जेन्सी ढोका नजिकै बसेका यात्रुले खोलेका थिए। उक्त घटनापछि चालक दलले विमान पार्किङ–वे मै फकाएका थिए। उक्त विमानको प्राविधिक जाँच पछि नियमित उडानमा रहेको बुद्ध एयरले जनाएको छ। यस्ता घटनाले उडान सुरक्षामा खलल पुर्‍याउने यात्रुलाई विमानस्थलका सुरक्षाकर्मीलाई जिम्मा लगाइएको छ। विगत केही साता यता यात्रुले विमानका इमर्जेन्सी ढोका खोलेका घटना सार्वजनिक भएका छन्। गत अक्टोबर २ तारिखका दिन विराटनगरबाट काठमाडौँ उडानमा र ७ अक्टुबरका दिनमा नेपालगञ्जबाट काठमाडौँ उडानमा पनि यात्रुले इमर्जेन्सी ढोका खोलेका थिए।

यसले उडान प्रक्रियालाई नै अवरुद्ध गरी उडान तालिकालाई थप प्रभावित बनाएको कम्पनीले जनाएको छ। हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’ अनुसार १ देखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरी जन्मकैदसम्म सजायँ हुने प्रावधान छ। उडान सुरक्षामा अनाहक खलल पुर्‍याउने यात्रुलाई विमान सेवा प्रदायक कम्पनीले उडानमा थप प्रतिबन्ध लगाउने गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
प्रधानमन्त्रीको आश्वासनपछि सुकुमवासी– मुठभेड खोजेका होइनौं, समस्या समाधान होस्
७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
७ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
जनताको सर्वोच्चतामाथि प्रहार हुने भन्दै संसद विघटन नगर्न सोभिता गौतमको सुझाव
नेप्से परिसूचक सात अङ्कले बढ्यो
नेप्से परिसूचक सात अङ्कले बढ्यो
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
अफताव आलमको रिहाइबारे नारायणकाजीको कडा टिप्पणी– नेपालको न्यायालयको इतिहासमा कलंक
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति
सगरमाथा आरोहण गरेका प्रहरीको पदोन्नति
एक हजार दरका नयाँ बैंकनोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई
एक हजार दरका नयाँ बैंकनोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ
प्राध्यापक विष्टको हत्या आरोपी खड्का पक्राउ