राँगाले हान्दा एक जनाको मृत्यु
२४ असोज, काठमाडौं । पोखरामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ का धनञ्जय आचार्य रहेकाे प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार दाजुको भैँसी फार्ममा रहेका भैँसी र राँगा चराउन जाँदा उनलाई राँगाले हान्दा उनको मृत्यु भएको हो । राँगाले कुल्चिएको र सिङले उधिनेका चोट शरीरमा देखिएको छ । भैँसी चराउने ठाउँमा राँगाले हान्दा उनको मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment