बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ

सारांश

  • बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।
  •   महाशाखाले भनेको छ- आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाइराखौँ।
  • यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खाेला-नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

१७ असोज , आज (बिहीबार) काठमाडौँसहित देशका २४ जिल्लाका खोला-नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।  महाशाखाले भनेको छ- आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाइराखौँ।

यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खाेला-नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ। बाढी महाशाखाले भनेको छ-  साथै उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिराहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

महाशाखाका अनुसार आगामी ३ दिन कर्णाली, महाकाली र यसका सहायक नदी साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक छ।  यसैगरी कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरको छतबाट खसेर प्रहरीका असईको मृ*त्यु
घरको छतबाट खसेर प्रहरीका असईको मृ*त्यु
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना
लोकतन्त्रको विकल्प नभएको भन्दै अराजकताविरुद्ध नागरिक समाजको धर्ना
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
मुटु रोग उपचार सेवा सबै प्रदेशमा विस्तार गर्ने निर्णय
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
शिक्षा ऐनका लागि आन्दोलन थप सशक्त हुन्छ, सरकारलाई घुँडा टेकाउँछौं : कुमार बजगाईँ
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
नेपाली कांग्रेसले डाक्यो आकस्मिक केन्द्रीय कार्यसमिति बैठक
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो
निर्वाचनको मौका छोपी वन अतिक्रमण गर्ने प्रयास विफलः चन्द्रपुरमा सात अवैध घर टहरा भत्काइयो