बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १२, २०८१
|
|
३१ पटक हेरिएको
Shares
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

सारांश

  • बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।
  • बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो ।
  • प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ ।

हेटौँडा । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँ एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु

भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको उनले बताए । बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको भने एउटा आंशिक क्षति भएको उनले बताए । बाढी पहिरोले मकवानपुरमा एक र काभ्रेमा १७ वटा भौतिक संरचना पूर्ण र रसुवाको एक घर आंशिक क्षति पुगेको उनको भनाई छ । प्रदेशमा बाढी पहिरोले एक बस र एक मोटरसाइकलमा क्षति भएको उनले बताए ।

प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका ४ स्थानान्तरण गरिएको छ भने १०७ परिवारलाई स्थानान्तरण गरिएको छ । बाढी पहिरोको जोखिममा रहेका चितवनका ३ घरका १०० परिवार र दोलखाका एक घरका ७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । प्रदेशमा काभ्रेका ४ र दोलखाका एक गरी ५ घर बाढी पहिरोको उच्च जोखिममा रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १२० जना प्रहरी परिचालन गरिएको छ । बाढी पहिरोको घटनामा परेका र जोखिम नियन्त्रणका लागि मकवानपुरमा १०,  चितवनमा २०, धादिङमा १०, काभ्रेमा ५०, दोलखामा १०, सिन्धुलीमा १५ जना प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
वीरगञ्ज नाका हुँदै तीन खर्ब ९० अर्बको सामान आयात
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
नेप्से ३.२७ अंकले बढ्यो, कारोबार रकम सामान्य घट्यो
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गरिने
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
मोदीले भेटे विमान दुर्घटना बाँचेका एक्ला यात्री, भन्छन्- मेरैअगाडि एयर होस्टेस र अरू यात्रु जलिरहेका थिए
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
सौर्यका पाइलट डिस्चार्जको तयारीमा, भन्छन्– पुनर्जन्म पाएँ
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
गैरीगाउँ हत्या प्रकरण: सरकारी वकिल कार्यालयमा बुझाइयो रायसहितको प्रतिवेदन
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने
रवि लामिछाने भोलिदेखि पार्टीको जिम्मेवारीमा फर्कने