सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
१० असोज , विराटनगर : सप्तकोशी नदीमा दुर्घटनामा परेको बसका २० जना यात्रुलाई उद्धार गरिएको छ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस बिहीबार साँझ ६:०५ बजेतिर कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो। मान्छे कति थिए भन्ने यकिन नभएको र बस नदीमै रहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए। उद्धार गरिएका घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्था पठाएको छ।

ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर कोशी ब्यारेजको पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण आउन बाँकी छ।


Related posts:
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
ओली, लेखक, खापुङमाथि १० वर्ष कैद सिफारिस तोकिएको कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्ने तयारी



Post Comment