सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन १०, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)

सारांश

  • विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस बिहीबार साँझ ६:०५ बजेतिर कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।
  •   मान्छे कति थिए भन्ने यकिन नभएको र बस नदीमै रहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए।
  •  उद्धार गरिएका  घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्था पठाएको छ।

 

१० असोज , विराटनगर : सप्तकोशी नदीमा दुर्घटनामा परेको बसका २० जना यात्रुलाई उद्धार गरिएको छ।

विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस बिहीबार साँझ ६:०५ बजेतिर कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।  मान्छे कति थिए भन्ने यकिन नभएको र बस नदीमै रहेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताए।  उद्धार गरिएका  घाइतेलाई उपचारका लागि स्वास्थ्य संस्था पठाएको छ।

ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर कोशी ब्यारेजको पुलको ३५ नम्बर ढोकाबाट नदीमा खसेको प्रहरीले जनाएको छ। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?