दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
दुई महिनामा वीरगञ्ज भन्सारले उठायो साढे २५ अर्ब राजस्व

सारांश

  • वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।
  • भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ ।
  • भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालू आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए ।

५ असोज , पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको भदौसम्म रु २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भदौसम्म रु ३५ अर्ब ५७ करोड २७ लाख ५६ हजार राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरेकामा ७१ प्रतिशत लक्ष्य हासिल भएको कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत वर्षको सोही अवधिको तुलनामा चालू आवमा झण्डै रु एक अर्बले राजस्व बढेको जानकारी दिए । गत आवको भदौसम्म रु ३५ अर्ब ४४ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यलिइएकामा ७० प्रतिशत अर्थात् रु २४ अर्ब ५७ अर्ब ९२ लाख ५७ हजार राजस्व सङ्कलन भएको थियो । प्रशासक लामिछानेका अनुसार सो अवधिमा कार्यालयबाट सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । “विगतका वर्षमा वीरगञ्ज भन्सार कार्यालय हुँदै पेट्रोलियम पदार्थका सवारीसाधन धेरै आयात हुने गरेकामा यसपटक विद्युतीय सवारीको सङ्ख्या बढेको छ”, उनले भने ।भन्सार विभागले गत साउनमा रु १६ अर्ब ८६ करोड ८७ लाख सङ्कलनको लक्ष्य लिए पनि रु १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयका अनुसार गत आवको साउनमा रु १८ अर्ब ७० करोड ४० लाख राजस्व सङ्कलनको लक्ष्य लिइएकोमा रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन
एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
६ महिनामा २६ लाख सवारी लाइसेन्स प्रिन्टको तयारी
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
भिरबाट लडेर महिलाको मृ*त्यु
भिरबाट लडेर महिलाको मृ*त्यु
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
भक्तपुर बालकोटका एमाले नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
मधेशमा मन्त्रालय टुक्र्याएर मन्त्रिपरिषद् पुनर्गठन
पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु
पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा बस दुर्घटना, एक व्यवसायीको मृत्यु