बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
२३ पटक हेरिएको
Shares
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता

सारांश

  • ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् ।
  •  जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।
  • कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए ।

 

२ असोज , बझाङमा सेती नदीमा ट्याक्टर खसेको छ ।Worldlink ads

ट्याक्टर नदीमा खस्दा त्यसमा सवार दुई जना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार जयपृथ्वी राजमार्गअन्तर्गत दुर्गाथली गाउँपालिका-२, झननामा ट्याक्टर दुर्घटना भएको हो ।कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार ट्याक्टरमा चालकसहित ५ जना सवार थिए ।  ‘तीन जनालाई सकुशल उद्धार गरेर स्वास्थ्य चौकी पुर्‍याइएको छ,’ उनले भने, ‘बाँकी दुई जना सेती नदीमा बेपत्ता छन् । घटनास्थलतर्फ जाँदैछौँ तर पहिरोले बाटो अवरुद्ध हुँदा समस्या भएको छ ।’ ट्याक्टरको नम्बर र बेपत्ता दुई जनाको पहिचान हुन नसकेको डीएसपी भण्डारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ