राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ३०, २०८१
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन

सारांश

  • राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
  • वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे ।
  • यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए ।

३० भदौ ,काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति पौडेलसमक्ष सो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् । वार्षिक प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले सुशासन कायम गर्ने सन्दर्भमा भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान तहकिकात र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्वपूर्ण भएको उल्लेख गरे । यसका लागि आयोगको संस्थागत क्षमता, विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको उनले बताए ।राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको यस भूमिकालाई निर्वाह गर्ने क्रममा आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकामा खुसी व्यक्त गरे । उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम कारबाही समेटेर पेस गरेको यो प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा (तस्वीरहरु)
पक्राउ पर्न थाले प्रदर्शनमा उत्रिएका युवा (तस्वीरहरु)
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
संविधान शंसोधन नभए संविधान नै बाँच्दैन : रघुजी पन्त
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
पाकिस्तानी सेनाको कारवाहीमा १० भारतीय मारिए
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
सातै प्रदेश र ७७ जिल्लाका सभापतिलाई पोखरामा प्रशिक्षण दिंदै कांग्रेस
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
डोजर चल्न थालेपछि धोबी खालाका घर-घरमा टाँसियो जग्गाधनी पुर्जा
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
प्रधान सेनापति शर्मा तथा बेलायती सेना प्रमुखबिच भेटवार्ता
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
यसलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो, चिन्तित हुने कुरा छैन : प्रचण्ड
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
संसद भवन अवलोकन गर्न नयाँ बानेश्वर पुगिन् पूर्वराष्ट्रपति भण्डारी
लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ
लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ