९ श्रावण २०८२, बिहीबार

कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला

 

२९ भदौ, प्रजातान्त्रिक गणतन्त्र (डीआर) कङ्गोको सैन्य अदालतले राष्ट्रपतिलाई सत्ताच्युत गर्न प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।३७ मध्ये तीन जना अमेरिकी, एक जना बेलायती, एक जना बेल्जिअन र एक जना क्यानडेली नागरिक रहेका बीबीसीले जनाएको छ । उनीहरुमाथी गएको मे महिनामा राष्ट्रपति निवासमा भएको आक्रमणको नेतृत्व गरेको आरोप लगाइएको छ । ५१ जना विरुद्ध सैन्य अदालतमा मुद्दा चलाएकोमा १४ जना निर्दोष ठहर भएका छन् । फैसला सुनाएको अदालतले बेलायती नागरिक युसुफ इजाङ्गीले ‘कू’ प्रयासमा संलग्न हुनका लागि मानिस जुटाएको उल्लेख गरेको छ । दोषी ठहर भएकासँग पुनरावेदनका लागि पाँच दिनको समय छ ।गएको मे १९ तारिखको बिहानै राजधानी कन्शासमा भएको एउटा ‘कू’ प्रयासलाई सुरक्षा फौजले निस्तेज पारिदिएको त्यहाँको सेनाले जनाएको थियो । डीआर कङ्गोमा झण्डै दुई दशकमा मृत्युदण्ड कार्यान्वयन गरिएको छैन । मृत्युदण्डको सजाय पाउनेले आजीवन कारावास बेहोर्ने गरेका छन् । अथाह खनिज र विशाल जनसङ्ख्या भएको देश डीआर कङ्गोमा द्वन्द्व, भ्रष्टाचार र सुशासनको अभावमा धेरै मानिसले कठिन जीवन बिताइरहेका छन् । धेरैजसो प्राकृतिक स्रोत हिंसाग्रस्त क्षेत्रमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?