२६ जेष्ठ २०८२, आईतवार

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनी दिए राजीनामा

 

२८ भदौ , डा. लोहनीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई राजीनामा बुझाएका हुन् ।Worldlink adsडा. लोहनीले शुक्रबार दिउँसो राजीनामा पत्र दिएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘उहाँ आज मन्त्रीलाई भेटेर राजीनामा दिन आउनुभएको थियो । तर मन्त्रीज्यू बाहिर कार्यक्रममा हुनुहुन्थ्यो,’ मन्त्रालय उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मन्त्रीलाई नभेटेपछि सचिवालयमा छोडेर जानुभयो । ’१३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।स्वास्थ्य बीमा बोर्डले अस्पतालको प्रिमियम वापतको तिर्ने पैसा नभएको भन्दै सरकारसँग यस आर्थिक वर्षको एकमुष्ट अनुदान माग गरेको थियो । सो विषयमा मन्त्री र मन्त्रालय सकारात्मक नभएपछि उनले राजीनामा दिएको निकट स्रोतले जनाएको छ । डा. लोहनीलाई राजीनामा दिएको विषयमा जानकारी लिन खोज्दा उनी सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment