२६ जेष्ठ २०८२, आईतवार

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन

 

२७ भदौ , भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ ।Worldlink adsकेही समयदेखि बिरामी रहेका ७२ वर्षी येचुरीको नयाँ दिल्लीको एम्स अस्पतालाम उपचारको क्रममा निधन भएको छ । उहाँलाई श्वासप्रश्वासको गम्भीर समस्या थियो । सीताराम येचुरी भारतीय कम्युनिष्ट राजनीतिमा ठूलो नाम थियो । उहाँ ३२ वर्षसम्म भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटब्यूरोका सदस्य हुनुहुन्थ्यो । यस्तै सन् २०१५ देखि महासचिव हुनुहुन्थ्यो । यस्तै सन् २००५ देखि १०२७ सम्म राज्यसभा सदस्य हुनुहुन्थ्यो ।येचुरीको निधप्रति भारतीय नेताहरुले दुःख व्यक्त गरेका छन् । कांग्रेस आईका नेता राहुल गान्धीले येचुरीसँगको तस्बिर सामाजिक सञ्जालमा राखेर देश बुझेको एउटा असल मित्र गुमाएको बताउनुभएको छ । पश्चिम बङ्गालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी प्रमुख ममता बनर्जीले येचुरीको निधनको खबर सुनेर दुःख लागेको भन्दै उहाँको विदाइ राष्ट्रिय राजनीतिको लागि एउटा क्षति भएको बताउनुभएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment