२६ जेष्ठ २०८२, आईतवार

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो

 

२५ भदौ , काठमाण्डौ – सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँ रहेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । चाँदी तोलामा दश रुपैयाँले बढेर तोलाको एक हजार सात सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो  चाँदी तोलाको एक हजार सात सय५५ रुपैयाँ रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment