२६ जेष्ठ २०८२, आईतवार

खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता

 

२५ भदौ , झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर साेमबार एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।भद्रपुर नगरपालिका-५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । त्यसैगरी बिर्तामोड नगरपालिका-२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् । खान र राईसहित चार जना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए । नुहाउन पसेका मध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?