२६ जेष्ठ २०८२, आईतवार

नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था

नेपाल मलेसियासंग पराजित, सिरिज बराबरीको अवस्था

काठमाडौँ- घरेलु टोली मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टिम पुनः पराजित भएको छ । यससँगै नेपाल र मलेसियाबीचको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-२ को बराबरीमा पुगेको छ।

https://press4k.com/

शनिबार भएको चौंथो खेलमा मलेसियाले नेपाललाई ४ विकेटले पराजित गर्यो । यसअघि पहिलो खेल पनि मलेसियाले जितेको थियो । दोस्रो र तेस्रो खेल भने नेपालले आफ्नो पक्षमा पारेको थियो । नेपाल र मलेसियाबीचको अन्तिम खेल आइतबार हुनेछ। चौंथो खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गयो ।

https://press4k.com/

मलेसियालाई जित दिलाउन विनिफ्रेड अन्नेले ३८ रन तथा मास इलयसाले १३ रन बनाए । महिराह इस्माइलले १६ रन जोडिन् । नेपालका लागि कप्तान रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर र सिता राना मगरले १-१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन जोड्यो । नेपालका लागि इन्दु बर्माले ३१ बलमा ३ चौकाको मदतमा सर्वाधिक ३२ रन जोडिन् ।

सम्झना खड्काले ८, काजल श्रेष्ठले ६, सिता राना मगरले ५ तथा ज्योती पाण्डेले १ रन जोड्दा कप्तान रुविना क्षेत्री शून्य रनमा आउट भए । विन्दु रावलले २४ तथा कविता कुँवरले १२ रनको योगदान गरे । मलेसियाका लागि विनिफ्रेड एन्नेले सर्वाधिक ३ तथा महिरन इस्माइल र आस्या इलिसाले १-१ विकेट हात पारे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?