भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ११, २०८१
|
|
६० पटक हेरिएको
Shares
भष्टाचारिलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ’

सारांश

  • प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसइई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।
  • ” विद्यालयले अभिभावकबाट अनेक बहानामा आवश्यकताभन्दा बढी शुल्क लिइरहेको तर विद्यार्थी परीक्षाको प्रतिफल कमजोर आएको उहाँको भनाइ थियो ।
  •   सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

११ भदौ , काठमाडौँ : सांसद  रेखा यादवले पछिल्लो समयमा नेपालको शैक्षिक अवस्था खस्किँदै गएकाले समयानुकूल शिक्षा प्रणाली परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “शिक्षाले दिनदिनै अर्थतन्त्र बदलिँदै गएको देखिन्छ, पछिल्लो समयमा एसइई र १२ कक्षाको परीक्षाफलले अभिभावकमा निराशा छाएको छ ।” विद्यालयले अभिभावकबाट अनेक बहानामा आवश्यकताभन्दा बढी शुल्क लिइरहेको तर विद्यार्थी परीक्षाको प्रतिफल कमजोर आएको उहाँको भनाइ थियो ।  सांसद रामप्रकाश चौधरीले पछिल्लो समयमा बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सांसद चित्रबहादुर केसीले भष्ट्राचारीलाई पाँच वर्षे हदम्यादको बारेमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारीलाई पाँच वर्षे हदम्यादको विषयलाई दिएर देशैभरीबाट फोन आएको छ, यस बारेमा राज्यले स्पष्ट जवाफ दिनुपर्छ ।” उहाँले भ्रष्टाचार अन्त्य गर्दै जनतालाई सुशासन दिनुपर्नेमा जोड दिनुभयो ।  सांसद प्रेम सुवालले देशभरी भएको सडक दुर्घटना नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । सांसद महेन्द्रकुमार रायले भारतसँगको सीमा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारसँग अनुरोध गर्नुभयो । सांसद अच्युतप्रसाद मैनाली र सुशीला थिङले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
अख्तियार आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा २ घण्टा छापा
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार?
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
कम्युनिष्ट आन्दोलनको भविष्य अझै छः अध्यक्ष नेपाल
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
जिब्रो छेड्ने जात्राको पूर्वतयारीः हात नभएको लिङ्गो उठाइयो
प्रतिनिधिसभाको बैठक बस्दै‌, यस्तो छ सम्भावित कार्यसुची 
प्रतिनिधिसभाको बैठक बस्दै‌, यस्तो छ सम्भावित कार्यसुची 
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
कुलिङ पिरियडमा भएको कमजोरीको नैतिक जिम्मेवारी लिन्छु : खतिवडा
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : कुलमान
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो