मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ ११, २०८०
|
|
४० पटक हेरिएको
Shares
मधेस प्रदेश सरकारमा सहभागी हुँदै लोसपा

सारांश

  • महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ।
  • जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
  • सम्भवतः आजै लोसपाबाट मन्त्री बन्नेले सपथ लिनेछन्।

११ जेष्ठ, जनकपुर । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश सरकारमा सहभागी हुन राजी भएको छ।जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस प्रदेश सरकारमा लोसपालाई भित्र्याउन मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपल्ट मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सम्भवतः आजै लोसपाबाट मन्त्री बन्नेले सपथ लिनेछन्।

https://press4k.com/

लोसपा पर्साबाट प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीलाई वन मन्त्रालय जिम्मा लगाएर प्रदेश सरकारमा इन्ट्री हुन लागेको हो। हाल मुख्यमन्त्री यादवले गृह, सञ्चार तथा कानुन, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय सम्हालिरहेका छन्। यद्यपि लोसपाले प्रदेश सरकारमा दुई मन्त्रालय मागेको छ।

https://press4k.com/

प्रदेशसभा सदस्य जितेन्द्र सोनलले सरकारमा सहभागी हुन लोसपा तयार रहेको बताए। उनले भने, ‘सरकारमा सहभागी हुने विषयमा कुनै अलमल छैन।  जहाँसम्म संख्या र मन्त्रालयको कुरा छ, त्यो सहमतिमा टुंग्याउने हो।’ केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि मुख्यमन्त्री यादवले ९ जेठमा कांग्रेसका दुई र नेकपा एसका एक गरी तीन जनालाई मन्त्री नियुक्त गरेका थिए।
मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र बुधबार मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
भौतिक मन्त्रालयको बजेटमा ज्ञानेन्द्र शाहीले मागे केपी ओलीको जवाफ
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्छ : प्रचण्ड
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
राष्ट्रपति पौडेल पनि रोपाइँमा सहभागी
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
महाकुम्भ मेला विश्व इतिहासमा अदभूत : ६६ करोडभन्दा बढी व्यक्तिले गरे गंगा नदीमा स्नान
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह