तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२८ पटक हेरिएको
Shares
तनहुँ बस दुर्घटना : मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो दुर्घटनास्थल

सारांश

  • तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।
  • नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए ।
  • उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ ।

७ भदौ, काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए । उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ । दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा प्रभातफेरी
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद
उदयपुरको असारे क्षेत्रबाट ८९१ किलो गाँजा बरामद
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
प्रतिनिधिसभामा कांग्रेस र रास्वपाको सवाल–जवाफ, एकअर्कोले लगाए ‘चोर’को आरोप
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्षरसहित सर्वोच्च पुगे दलहरू
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
लगानी बोर्डको ६४औँ बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
वडा अध्यक्ष र सचिवको मिलेमत्तोमा भारतीय नागरिकलाई नागरिकता
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
लेर्डल ग्लोबल हेल्थ द्वारा सरकारलाई आपतकालीन हेरचाह लर्निङ ल्याब किट हस्तान्तरण
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक