भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ५, २०८१
|
|
३० पटक हेरिएको
Shares
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा एक जनाको मृत्यु

सारांश

  • चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ ।
  • अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं.

५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ । अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नं. ५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताए । उनले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताए ।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एनेस्थेसिया दिने बित्तिकै बिरामी अचानक गम्भीर अवस्थामा पुगेको बताए । उनले घटनाका बारेमा थप बुझ्ने काम भैरहेको बताए ।मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
कोशी र गण्डकीमा भारी वर्षा, बाढीको खतरा बढेपछि सतर्कताको सूचना जारी
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
चन्द्रागिरिमा वृद्धा ह*त्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
सुदूरपश्चिमममा दुई मन्त्रीको मागसहित रेशम चौधरी प्रधानमन्त्री समक्ष
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
जनमतबाट निर्वाचन जितेर मधेसको मुख्यमन्त्री बनेका शतिस सिंहलाई एमालेले दियो प्रतिनिधिसभाको टिकट
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
सर्लाहीको लालबन्दीबाट गाँजासहित दुई भारतीय पक्राउ
रवि लामिछानेको बयान आज पनि हुने
रवि लामिछानेको बयान आज पनि हुने
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
जुवातास लेख्दै गरेको अवस्थामा १७ जना पक्राउ
जुवातास लेख्दै गरेको अवस्थामा १७ जना पक्राउ