ललितपुरको कुम्भेश्वरमा आगलागी
३ भदौ, काठमाडौं । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ ।
आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो । ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन् । आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो । त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए । विस्तृत विवरण भने खुल्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment