के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
कृष्ण राउत
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ? यदि हो भने यो प्रश्नले महिलाहरूका लागी विशेष रूपमा असजिलो अवस्था बोकेको छ। एउटा भनाइ छ, “रातको ड्युटीमा पुरुषहरू भूतको डर मान्दछन्, र महिलाहरू पुरुषको डर!” कोलकातामा हालै डा. मौमिता देबनाथसँग भएको दर्दनाक घटनाले यो सत्यलाई स्पष्ट रूपमा उजागर गरेकाे छ।
डा. मौमिता, स्नातकोत्तर दोस्रो वर्षकी प्रशिक्षार्थी, आर.जी. कर मेडिकल कलेजको सेमिनल हलमा क्रूरतापूर्वक बलात्कृत भइन् र हत्या गरिइन्। उनको यो आक्रमण केवल एक जघन्य अपराध मात्र होईन, यो महिलाहरूले विशेषगरी रातको समयमा सामना गर्नुपर्ने भयानक वास्तविकताको प्रतिबिम्ब हो। जहाँ पुरुषहरू भूतको डरको मजाक उडाउँछन्, त्यहीँ महिलाहरू, जस्तै मौमिता, ले अँध्यारोको फाइदा उठाउने पुरुषहरूको हिंसात्मक खतरा सामना गर्नुपर्छ।
यो घटनाले विशेष रूपमा सुरक्षित हुनुपर्ने ठाउँहरूमा पनि महिलाहरूले सहनुपर्ने असुरक्षालाई फेरि एक पटक उजागर गरेको छ। यो एक गम्भीर स्मरण हो कि पुरुषहरूले भले नै देख्न नसकिने चीजहरूको डर मान्न सक्छन्, तर महिलाहरूको डर ती वास्तविक खतराहरूमा आधारित छन्, जुन अध्ययन र उपचारका लागि बनाइएका संस्थानका भित्रका पर्खालहरूमा पनि हुन्छ।
यस घटनाले केवल कोलकाताको महिला डाक्टरलाई असुरक्षित होइन कि पुरै दुनियामा काम गरेकी ती महिला स्वास्थ्यकर्मीलाई असुरक्षित बनाएको छ। मौमिताको कहानी एक्लो घटना होइन। धेरै महिलाहरूका लागि, रात एक प्रकारको तैनातीको समय हो, जहाँ हरेक छायाँ एक खतरा हुन सक्छ, र पछाडि हरेक पाइला खतरा ल्याउन सक्छ। सबैका लागी सुरक्षित हुनुपर्ने सडकहरू डरको भूलभुलैया बनिन्छ। यस भूलभुलैयामा, महिलाहरू आफ्नो वरिपरि निरन्तर सजगता राख्दै हिँड्न बाध्य हुन्छन्। दोषीलाई कारवाहीको लागी हामी सबै एकजुट हुनै पर्छ।
Post Comment