अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
३१ पटक हेरिएको
Shares
अमेरिकी उपविदेशमन्त्री बर्मा काठमाडौंमा, प्रधानमन्त्री ओलीलाई भेटे

सारांश

  •   शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।
  • अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् ।
  • प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो ।

३२ साउन, काठमाडौं ।  शुक्रबार काठमाडौं ओर्लनेबित्तिकै अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माले राजनीतिक भेटघाट थालेका छन् ।

अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा शुक्रबार दिउँसो भेटेका हुन् । प्रधानमन्त्री ओलीसँग बर्माको आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा कुराकानी भएको स्रोतले बतायो । ‘दिगो विकास रणनीतिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तीव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको छ,’ बैठकमा सहभागी नेपाली टोलीका एक सदस्यले बताए ।

भेटमा प्रधानमन्त्री ओलीले अमेरिकामा हुन गइरहेको राष्ट्रपति चुनावका बारेमा सामान्य चासो राखेको बुझिएको छ । बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम छ । नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो ।

बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् । उनी यसअघि भारतका लागि अमेरिकी राजदूत समेत बनिसकेका थिए ।बर्माको भ्रमणमण्डल नेपाल हुँदै भारत पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
भ्रष्टाचार गर्नका लागि वैदेशिक ऋण लिने काम नगरौँः सांसद सिंह
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा
जेनजी आन्दोलनका अगुवा सुदन गुरुङ शीतल निवासमा
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
कल्याणकारी कोषमा अनियमितता: पूर्वप्रमुख सेनानीविरुद्ध डिफ्युजन नोटिस जारी गर्ने तयारी
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
नेपालमा नेपाली सरकार हुनुपर्दछ, विदेशीको सरकार होइन : ओली
टी-२० विश्वकप : आज दुई खेल हुने
टी-२० विश्वकप : आज दुई खेल हुने
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
नेपाली क्रिकेट टोलीको दोस्रो चरणको क्याम्प घोषणा, २८ खेलाडी बाहिरिए
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
मुख्यमन्त्री सिंहद्वारा कृषि मन्त्रालयसहित चार कार्यालयमा छड्के
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा
भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा