पहिरोमा परेर शिक्षिकाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ३१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
पहिरोमा परेर  शिक्षिकाको मृत्यु

सारांश

  • खोटाङमा विद्यालय जाँदे गरेकी शिक्षिकाको पहिरोमा परेर मृत्यु  भएको छ ।
  • विद्यालय जाँदै गरेकी रावाबेंसी गाउँपालिका–३ लामिडाडाँकी साबित्रादेबी नेवारको पहिरोमा परी मृत्यु भएको हो ।
  • बिश्वज्योति मावि लामिडाडाँमा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै बिहीबार बिहान पहिरोले पुरेको हो ।

३१ साउन , खोटाङ। खोटाङमा विद्यालय जाँदे गरेकी शिक्षिकाको पहिरोमा परेर मृत्यु  भएको छ । विद्यालय जाँदै गरेकी रावाबेंसी गाउँपालिका–३ लामिडाडाँकी साबित्रादेबी नेवारको पहिरोमा परी मृत्यु भएको हो । बिश्वज्योति मावि लामिडाडाँमा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै बिहीबार बिहान पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा नेवारलाई पहिरोले पुरेको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । तल्लो सडकबाट विद्यालय हिँडिरहेकी शिक्षिकालाई माथिल्लो सडकबाट खसेको पहिरोले पुरेको स्थानीयले बताएका छन् ।  शिक्षिका नेवारसँगै हिँडिरहेका आफन्त  भने भागेर बाँच्न सफल भएको बताइएको छ । पुरिएकी मृतक शिक्षिकाको शबलाई प्रहरी तथा स्थानीयले खनेर निकालेको वडा नम्बर तीनका वडाध्यक्ष बीरेन्द्र मगरले सुनाए । लामो समय शिक्षण पेसामा बिताएकी  साबित्रादेबीको अनिवार्य अवकाश हुन केही समय मात्र बाँकी रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?