९ श्रावण २०८२, बिहीबार

पहिरोमा परेर शिक्षिकाको मृत्यु

३१ साउन , खोटाङ। खोटाङमा विद्यालय जाँदे गरेकी शिक्षिकाको पहिरोमा परेर मृत्यु  भएको छ । विद्यालय जाँदै गरेकी रावाबेंसी गाउँपालिका–३ लामिडाडाँकी साबित्रादेबी नेवारको पहिरोमा परी मृत्यु भएको हो । बिश्वज्योति मावि लामिडाडाँमा कार्यरत शिक्षिका नेवारलाई वडा कार्यालय नजिकै बिहीबार बिहान पहिरोले पुरेको हो । विद्यालय पुग्न करिब डेढ सय मिटर बाँकी हुँदा नेवारलाई पहिरोले पुरेको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । तल्लो सडकबाट विद्यालय हिँडिरहेकी शिक्षिकालाई माथिल्लो सडकबाट खसेको पहिरोले पुरेको स्थानीयले बताएका छन् ।  शिक्षिका नेवारसँगै हिँडिरहेका आफन्त  भने भागेर बाँच्न सफल भएको बताइएको छ । पुरिएकी मृतक शिक्षिकाको शबलाई प्रहरी तथा स्थानीयले खनेर निकालेको वडा नम्बर तीनका वडाध्यक्ष बीरेन्द्र मगरले सुनाए । लामो समय शिक्षण पेसामा बिताएकी  साबित्रादेबीको अनिवार्य अवकाश हुन केही समय मात्र बाँकी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?