उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
सारांश
- ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।
- न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो।
- उनी साढे ३ महिनादेखि बिरामी भएर उपचाररत थिए।
३१ साउन, उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए।
न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो। उनी साढे ३ महिनादेखि बिरामी भएर उपचाररत थिए। गएराति भने करिब ११ बजेतिर निधन भएको सूचना अधिकारी आचार्यले बताए। न्या सेवाका सहसचिव रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।
उनको पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको जानकारी सूचना अधिकारी आचार्यले दिए। न्यायाधीश रेग्मीको निधन भएकोमा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन्। ![]()
सम्बन्धित खबर
प्रतिक्रिया